व्यवसाय

नेपाल बैँकर संघमा अनिल केशरी शाह

anil2_med.jpg

काठमाण्डौँ :

नेपाल बैँकर्स संघको ३१ औँ आर्थिक वार्षिक साधारणसभाले मेघा बैँक नेपाल लि. को प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहको अध्यक्षतामा १० सदस्यसिय नया कार्य समिति निर्विरोध निर्वाचित गरेको छ । कार्य समितिको उपाध्यक्षमा नेपाल बङ्गगलादेश बैँक लि. का प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गाना निर्वाचित भएका छन् भने अन्य सदस्यहरुमा अशोक शेरचन , प्रमुख कार्यकारी अधिकृत , प्रभु बैँक लि. सदस्य , अनुकुल भट्नागर , प्रमुख कार्यकारी अधिकृत , नेपाल एस.बि.आई बैँक लि. , ज्योति प्रकाश पाण्डे , प्रमुख कार्यकारी अधिकृत नेपाल इन्भेष्टमेन्ट बैँक लि , लिला प्रकाश सिटौला , प्रमुख कार्यकारी अधिकृत , कृषि विकास बैँक लि. , सुरेश खालिङ , प्रमुख कार्यकारी अधिकृत , लक्ष्मी बैँक लि. , रत्न राज बज्राचार्य , प्रमुख कार्यकारी अधिकृत , सनराइज बैँक लि. र रमेश राज अर्याल , प्रमुख कार्यकारी अधिकृत , एन.सि.सि. बैक लि सर्वसहमतले निर्वाचित भएका छन् ।


साथै सल्लाकाहरुमा राज सिंह भण्डारी, प्रमुख कार्यकारी अधिकृत , सिटिजन्स बैँक ईनटरनेशनल लि. , अशोक शम्शेर ज.ब. राणा , प्रमुख कार्यकारी अधिकृत , हिमालयन बैँक लि. र सशिन जोशी , प्रमुख कार्यकारी अधिकृत , नविल बैँक लि. लाई चयन गरेको छ । 


साथै राजधानीमा विहीबार सम्पन्न संघको वार्षिक साधारण सभाको अवसरमा हिमालयन शम्शेर ज.ब.राणा लाई नेपालको पहिलो अर्थ सचिव , नेपाल राष्ट्र बैँकको पहिलो गभर्नर तथा विभिन्न क्षेत्रहरुमा ६ दशक भन्दा बढी सर्मपण गरी मुलुको आर्थिक उन्नतीमा उल्लेखनीय योगदान पु¥याउदै आउनु भएको तथा पहिलो गभर्नरको रुपमा मुुलुक भर नेपाली मुद्रा प्रचलनमा ल्याई देशमा सबल अर्थतन्त्रको जग खडा गर्न प्रमुख भुमिका निर्वाह गर्नुको साथै नेपालमा पहिलो पटक विदेशी संयुक्त लगानीमा सुरु गरिएको गोर्खा ब्रुवरी कम्पनीको संस्थापक अध्यक्ष , हिमालयन बैँक लि. तथा निर्धन उत्थान बैँक लि. को पुर्व अध्यक्ष समेत भई दिनु भएको योगदान र समस्त अर्थतन्त्र तथा बैँकिङ क्षेत्रको विकासको लागि अनवरत रुपमा पु¥याउदै आउनु भएको सहयोग तथा योगदानको कदर गर्दै सम्झनाको चिनो स्वरुप सम्मान पत्र प्रदान गरियो । उक्त कार्यक्रममा एन.आई.सी एसिया बैँक लि. का प्रमुख कार्यकारी अपिधकृत लगायतका विशिष्ट महानुभावहरुको उपस्थिती थियो ।

प्रकाशित मिति : २०७४ मंसिर १४ गते ७ : ३०