राष्ट्रिय

नौ किलो चाँदी र हात्तिको पुच्छरसहित दुई पक्राउ

466_med.jpg

महोत्तरी :

अबैध चाँदीका गरगहान र हात्तीको पुच्छर देखिने समाग्रीसहित महोत्तरीको बर्दिबासबाट दुई जनालाई प्रहरीले फक्राउ गरेको छ। कैलाली टिकापुर नगरपालिका -१ का विश्वराज तिवारी र कालिकोट तिलकानगर- ९ बस्ने लक्ष्मी कोइरालालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बर्दिबासमा डिएसपी प्रविण पोखरेलले बताए।

प्रहरीले उनीहरुलाई बर्दिवासस्थित शिशमहल होटेलबाट पक्राउ गरेको हो। पक्राउ परेकाहरुको साथबाट अबैध नौ किलो ४ सय ग्राम चाँदी र १५ हजार १ सय थान हात्तीको पुच्छर बरामद भएको डिएसपी पोखरेलले जानाए। प्रहरीले उनीहरुलाई बिशेष सुराकीको आधारमा होटलबाट पक्राउ गरेको हो।

चाँदीका गरगहना र हात्तिको पुच्छर सहित पक्राउ परेकाहरुलाई राजस्व अनुसन्धान कार्यालय पथलैया पठाउने भएको छ। पक्राउ परेका तिवारीको साथबाट हात्तिको पुच्छर जस्तो देखिने वस्तु बरामद भएकोले जिल्ला वन कार्यालयलाई बुझाउने तयारी गरिएको हो।

 प्रकाशित मिति : २०७४ कार्तिक २९ गते १२ : ३३