जीवन शैली

अष्ट्रेलियामा समलिङ्गी विवाहलाई कानूनी मान्यता प्रदान

transgenger_med.jpg

काठमाण्डौँ :

अष्ट्रेलियाले समलिङ्गी विवाहलाई कानूनी मान्यता दिने भएको छ । समलिङ्गी विवाहलाई कानूनी मान्यता दिने नदिने भन्ने निर्णयबारे सरकारले ८ हप्तासम्म गरेको गैर बाध्यकारी मतदानमा ६१ दशमलव ६ प्रतिशत अष्ट्रेलियालीले यसको पक्षमा मतदान गरेपछि सरकारले कानूनी मान्यता दिन लागेको हो । १ करोड २० लाख जनताले सो मतदानमा सहभागिता जनाएका थिए । अष्ट्रेलियाली प्रधानमन्त्री माल्कोम टर्नबुलले आगामी क्रिसमस अगावै संसदबाट सो सम्बन्धी कानुन ल्याइने प्रतिबद्धता व्यक्त गर्नुभएको बीबीसीले उल्लेख गरेको छ ।   
 

प्रकाशित मिति : २०७४ कार्तिक २९ गते १० : २७