राष्ट्रिय

गृहको पत्र गायब भएपछि...

Home_ministry_nepal_med.jpg

काठमाण्डौँ :

'आईजी'को दाबी गर्दागर्दै डीआईजी ओहोदाबाटै विदा हुन बाध्य भएका नेपाल प्रहरीका निवर्तमान डीआईजी नवराज सिलवाल यतिबेला एमालेको टिकटबाट प्रतिनिधिसभा सदस्यको चुनाव लडिरहेका छन् । 

ललितपुरको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फको उम्मेदवार रहेका सिलवाल प्रहरी महानिरीक्षकको जिम्मेवारी आफैले पाउनुपर्ने  भनी सर्वोच्च अदालतमा दिएको मुद्धा हारेपछि लागेको जगजाहेर छ । 

तर, प्रहरी नायव महानिरिक्षकबाट राजनीनामा दिएर हिँडे पनि सिलवालको राजीनामा प्रकरणले यतिबेला फेरि पुलिस हेडक्वार्टरमा खलबली मच्याएको बुझिएको छ । 

प्रहरी सुत्रका अनुसार सिलवालको राजीनामा स्वीकृत गरेर गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयमा पठाएको जानकारी पत्र नै गायब भएको छ । 

मुद्धा हारेका नवराजलाई सान्वना दिन एमाले अध्यक्ष केपी ओलीले गृहमन्त्री नै बनाईदिने सार्वजनिक अभिब्यक्ति दिए । 

ओली अभिब्यक्तिबाट हौसिएका सिलवालले पनि दायाँबायाँ केही नहेरी तत्काल ओहोदावबाट राजीनामा दिएका थिए ।, यो खबर आज प्रकाशित घटना र विचार साप्ताहिकमा छ ।