राष्ट्रिय

हँसियाले रेटेर श्रीमतीको घाँटी छिनाए‍‍‍‍..

Accused_med.jpg

मंगलवार, कात्तिक २८, २०७४ 

राजविराज : सप्तरीको बोदेबरसाइन नगरपालिकामा श्रीमानले मंगलबार श्रीमतीको घाँटी छिनाएर हत्या गरेका छन् । बोदेबरसाइन नगरपालिका ३ गौराका ४२ वर्षीय जयप्रकाश यादवले श्रीमती ललितादेवी यादवको घाँटी रेटेर हत्या गरेको सप्तरी प्रहरीले जनाएको छ ।

धान काट्न आफ्नो खेत गएकी श्रीमती ललिताको हातबाट हँसिया खोसेर यादवले घाँटी रेटेर टाउको अलग गरिदिएको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए । हत्यापछि भागेर घर गएका आरोपित यादवलाई प्रहरीले पक्राउ गरी इलाका प्रहरी कार्यालय कल्याणपुरमा हिरासतमा राखेको छ ।

घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरीले शबलाई पोस्टमार्टमका लागि लहान पठाएको छ । श्रीमान श्रीमतिबीच पारिवारिक कलह र विवाद भइरहेको छिमेकीले बताएका छन् । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।