राष्ट्रिय

देउवा नेतृत्वको सरकार अहिले जंगलबाट फुत्किएको अर्ना भएको छ, हामी फेरि जंगलमै लगेर राख्छौं : रामकार्की

ram_karki_med.jpg

झापा :
नेकपामाओवादी केन्द्रका नेताएवम् झापा क्षेत्र नम्बर १ काप्रतिनिधि सभाको लागिबाम गठबन्धनका उम्मेद्धवार रामकार्कीले आफ्नो जित सुनिश्चितभएको दाबी गरेकाछन् ।
मंगलबार रिपोर्टर्स क्लब नेपालले झापाको चन्द्रगढीमा आयोजना गरेको चुनावीविशेष साक्षात्कारमाबोल्दै नेताकार्कीले गठबन्धनको उम्मेद्धवार बन्नु नै आफ्नो जितको पहिलो आधार भएको जिकिर गरे ।
उनले भने,‘स्थानीयतहको मतपरिणाम हेर्नुहुन्छ भनेपनिअहिले हाम्रो गठबन्धनको १७हजार मत बढि छ, त्यसैले वाम गठबन्धनको आधार नै मेरो विजय सुनिश्चितहो, चुनावमाभोट गनेर जितिने हो, म त भन्छु स्थानीयतहको परिणाम पनि बढोत्तरी हुन्छ, कमहुँदैन् ।’
क्लबका सभापतिऋषिधमलाको सभापतित्वमाआयोजित साक्षात्कारमाकार्कीले आफूलाई टुरिष्ट उम्मेद्धवार भनेकोमाकुनै आपत्तिनभएको जनाउँदै भने,‘कोहीपनि मान्छेको जन्मजमिनले गराउँदैन, मान्छे आमाको गर्भबाट जन्मिन्छ । म कम्युनिष्ट आन्दोलनको यात्रीहुँ । त्यसो भएको हुनाले पनिमलाई यात्रीभनेकाहोलान् । ठिकै छ।’

कांग्रेसकाउम्मेद्धवार विश्वप्रकाशले त यो क्षेत्रको विकासको लागिआफुलेजतिकाम अरु कसैले नगरेको र जनताको घरघरमापुगेको दाबीगर्नुभएको छ निभनेर सोधिएको अर्को प्रश्नमाउनले भने,‘घर घर त फेरी लाउने जोगी पुग्छन्, जग्गादलालीहरुपनि घरघरमा पुग्छन्, तर म भन्छु यो क्षेत्र बामपन्थीहरुको गढ हो, झापाआन्दोलनको सृष्टि यही क्षेत्रबाट भएको हो, संस्कृतिहरुको भण्डार हो, धरोहर हो । एक नम्बर क्षेत्रकाशहरहरु यहाँकापौरखी मान्छेहरुले बनाएकाहुन् । यो ठाउँमा म जस्तो उम्मेद्धवार सबैको निम्तिस्वागतयोग्यहो ।’
उनले आफूलाई विजयी गराउनको लागि धेरै राम्रो माहोल बनेको बताउँदै भने,‘यहाँअहिले निर्मल र कन्चनव्यक्तिहरुको टिम बनेको छ, यो टिम मलाई चुनावजिताउनको लागिबनेको हो, म निकै खुशी छु।’

उनले आफू विजयीभए यो क्षेत्रका सडकहरुलाई अफ्रिकनजस्तो ब्युटि प्रदानगर्ने समेत विश्वास दिलाए । उनले भने,‘हामीविजयी भएपछि बृद्धहरुलाई ५ हजार भक्ता पुर्याउँछौं, किसानहरुलाई पेन्सनदिँदैछौं । झापाका सडकहरुलाई अफ्रिकनजस्तो ब्युटीजस्तो म पाँचवर्षभित्रगरिदिन्छु । रेमिट्यान्सको दुरुपयोग भैरहेको छ, अब सदुपयोग हुन्छ ।’
कार्कीले आफूअन्र्तराष्ट्रिय सम्बन्धबुझेको मान्छे भएको बताउँदै थपे,‘ओबिआरमाचाईनाले मलाई नै बोलाएको थियो, भारतपनि मैले राम्रो बुझेको छु, हामी धेरै गर्न सक्छौं।’
उनले वर्तमान सरकारले बुढीगण्डकी जलविद्युतआयोजनानिर्माण्को लागिचीनीयाँकम्पनी गेजुवासँगको सम्झौताखारेज गरिदिएकोबारे टिप्पणी गर्दै भने,‘सरकार त अहिले जंगलबाट फुत्किएको अर्ना भएको छ, अबहामीजंगलमा थुन्छौं ।’
उनले कम्युनिष्टहरुवीच एकता हुनुपर्छ भन्ने कुराको अभियानआफूले नै चलाएको जिकिर गर्दै भने,‘मेरो अर्को कुनै स्वार्थ छैन, ऋषिधमलाले पनिमलाई कहिल्यै हमलागर्न सकेनन्, किनकी मैलेमन्त्रीहुँदाकहिल्यैपनिगलतकामगरिन्।’

उनले एमाले र माओवादी केन्द्रवीचपार्टी एकताहुनेमाशंकानगर्न आग्रह गरे । उनले भने,‘सरकार बनिसकेपछि हामीमहाधिवेशनको मिति घोषणा गर्छौं । पार्टी एकता हुन्छ,अहिले स्वभाविक रुपमा केपीओलीले चाहेको मान्छे प्रधानमन्त्री बन्नुहुन्छ । उहाँले आँफै चाहनुभयो भने उहाँ नै प्रधानमन्त्रीबन्नुपर्छ ।’
उनले आफू त पार्टीलाई ठिक ठाउँमा ल्याउनको लागि, समाजवादीकार्यक्रमबनाउने, कांग्रेसलाई साईजमाल्याईदिने गर्नेगरि डिजाईन गर्नेमालाग्ने जानकारी दिए । अबको तीनवर्षभित्रझापाआईपुग्दापत्रकार ऋषिधमलाले आफूलाई यति चाँडो कसरी विकास भयो भनेर प्रश्न सोध्ने भन्दै उनले ठट्टा समेत गरे ।
भारतसँग सुमधुर सम्बन्धहुने भन्दै कार्कीले थपे,‘हामीले उनीहरुसँग शीर ठाडो पारेर कुरा गर्दा राम्रो हुन्छ, हमा्रे त डिप्लोमेसी राम्रो नभएर न हो नि। भारतका सबै नेताहरुको मैले बायोग्रापी पढेको छु । हामीभारतको विरोधीहोईनौं, हामीभारतकाजनतासँग सम्मान चाहन्छौं । हामीले लिने बाटोकोउनीहरुले सम्मानगर्नुपर्छ, उनीहरुले लिने बाटोको पनिहामी सम्मानगर्न चाहन्छौं ।’
कार्कीले झापाका चेलीहरु पत्रकारधमलाआउने चाल पाएपछि भजन रोकेर हेर्न आएको भन्दै धमलाप्रति स्थानीयजनताहरुको क्रेजबारे चर्चा गरेकाथिए ।

प्रकाशित मिति : २०७४ कार्तिक २८ गते ४ : १३