मनोरञ्जन

फेरि ग्ल्यामर अवतारमा महिमा

mahima_med.jpg

काठमाडौं  :

‘जिगोलो’, ‘अप्रिल फूल’, ‘दानव’लगायत एक दर्जन बढी चलचित्रकी अभिनेत्री हुन् महिमा सिलवाल । उनै महिमा अभिनित अर्काे चलचित्र ‘सकस’ प्रदर्शनको लागि प्रचार प्रसारमा उत्रिएको छ । 

पछिल्लो समय ओझेलमा रहेकी अभिनेत्री महिमाले फेरी आफ्नो दिन फर्किएको बताएकी छन् । चलचित्र युनिटले मंगलबार आयोजना गरेको एक कार्यक्रममा उनले सो बताएकी हुन् ।

‘सकसले मेरा लागि फेरी बिहानी ल्याउने छ’ अभिनेत्री महिमाले भनिन् ‘ राम्रो कथामा बनेको चलचित्र मध्य यो पनि एक हो ।’ दर्शकले पर्दामा आफ्नो ग्ल्यामर रुचाउने गरेको बताएकी महिमाले सकसमा पनि दर्शकले राम्रो ग्ल्यामर देख्न पाउँने दाबी गरिन् ।

हुन त केही पहिले महिमाले आफ्नो ग्ल्यामर लुक अब दर्शकले देख्न नपाउने बताएकी थिइन् । ग्ल्यामर भन्दा भन्दा आफ्नो प्रस्तुति केही भद्दा समेत बन्ने गरेको चाल पाएको बताएकी महिमाले र आफु सध्रिएको समेत जानकारी गराएकी थिइन् ।
महिमाले आफु सुध्रिएको जानकारी दिएको केही समय बित्न नपाउँदै उनको ग्ल्यामर लुक भएको ‘सकस’ प्रदर्शनमा आउँन लागेको हो । सकस ग्ल्यामर लुकमा

नदेखिने अभिब्यक्ती दिनु भन्दा अगाडिको चलचित्र भएको महिमाले सुनाइन् ।

राम्रा म्युजिक भिडियोमा समेत देखिदै आएकी महिमाले चलचित्रबाट दमदार ब्यवसाहिक सफलता चाख्न पाएकी छैनन् । त्यसैले पनि उनी अबका दिनमा जुन पायो त्यो चलचित्र नगर्ने सुरुमा छिन् ।

‘अबका दिनमा कथा बिषयबस्तु हेरेर सब्य चलचित्र मात्र अभिनय गर्छु’ उनले थपिन् ।
‘सकस’ सुन्दर श्रेष्ठको निर्माण रहेको चलचित्र हो । काठमाडौँमा गुण्डाहरुको राज कसरी चल्छ, कसरी गुण्डा बन्छन् भन्ने बिषयमा निर्माण भएको चलचित्रमा मौनता श्रेष्ठको लेखन रहेको छ । 

सुन्दर श्रेष्ठ, प्रज्वल गिरी, महिमा सिल्वाल, सुस्मा कार्की, विल्सन विक्रम राई, रविन्द्र खडका, श्याम राई लगायत कलाकारको अभिनय रहेको चलचित्र अक्कल सिंह र दोभान फिल्मस् प्रा.लिको प्रस्तुतिमा बनेको हो । चलचित्र २४ कात्तिकमा देशभर एकसाथ प्रदर्शनमा आउँदै छ । 

 प्रकाशित मिति : २०७४ कार्तिक ८ गते २ : २०