मनोरञ्जन

हातमै आइ लभ यू लेखेको छुः ज्योती मगर  

IMG_78871_med.JPG

ज्योती मगर, म्युजिक भिडियोमा कहलिएकी कलाकार हुन । उनका कतिपय भिडियो विवादास्पद छन् । उनै ज्योती मगरसँग गरिएको कुराकानीः 

के मा व्यस्त हुनुहुन्छ ?
   म गितको रेकर्डिङ र म्युजिकमा व्यस्त छु ।

आफुलाई कुन बलिउड कलाकारसँग दाज्नु हुन्छ ?
   दाज्नै मिल्दैन । 

मनपर्ने नेपाली कलाकार ?
   करिश्मा मान्नधर र रेखा थापा मनपर्छ । 

रोमान्स के हो ?
   रोमान्स आफ्नो वरिपरि नै घुमिरहेको हुन्छ । कहिले काहीँ प्रकृतिमा लटपटिएर हराउँछु, यो पनि रोमान्स हो । 

नकारात्मक रुपमा आफूलाई हेर्नेलाई धेरै जसोले गाली गर्छन्, तपाई नि ?
   आ–आफ्नो विचार र दृिष्टकोण हुन्छ ।  म यसलाई राम्रो रुपमा लिन्छु । उहाँहरुले सोचेको कुरा मैले सोच्नु पर्छ भन्ने छैन् । मैले साचेको उहाँहरुले सोच्नु पर्छ भन्ने पनि छैन् । 

तपाईलाई नकारात्मक रुपमा गाली गर्नलाई  के भन्नुहुन्छ ?
   कलाकारले आफ्नो कमी सुधार गर्छु भन्नुहुन्छ म चाहिँ सहमत छैन । म कामको सम्मान गर्छु । अरुको लागि गित गाउँने होइन सबैले आफ्नो लागि सोच्छ, त्यसैले पनि मैले आफुलाई मन पर्ने काम गरेको छु । मैले गरेको कामप्रति मलाई कुनै पछुतो छैन । गाली गर्नेप्रति त मेरो सरोकार नै भएन । दुखोसो छैन ।

हट हट भिडियोमै भूमिका निर्वाह गर्नुहुन्छ नि, किन? 
   म यस्तो भिडियोहरु हेर्ने गर्छु । मलाई यस्तो भिडियो हेर्न र यस्तैमा खेल्न मन लाग्छ । म हट भिडियो गर्दा धेरै नै रमाउछु । 

तपाईको फ्यानहरुले भेटेको समय कस्तो खाले प्रतिक्रिया दिने गर्छन ?
   सकारात्मक खाले प्रतिक्रया दिनु हुन्छ । 

डेटको बारेमा भन्नुपर्दा ?
   मन परेको मान्छेसँग डेट जादा रमाइलो लाग्छ । 

पहिलो डेट ?
   सम्झनु पर्छ । 

प्रेम पत्र लेख्नु भयो ?
   सपनामा होइन, विपनामा लेखेको छु ।  प्रेम पत्र र हातमा आइ लभ यू लेखेको थिएँ  । मलाई प्रेम पत्र लेख्न  र पढन मनपर्छ । मान्छे नदेखेर भावनामा बुझन पाउँदा एकदमै मज्जा हुन्छ । फोन डेटको पल त रमाइलो लाग्छ । 

बिवाहको योजना ?
   म सिङ्घल छु । मनपर्ने कोही भेटेको नै छैन् । 

तपाईको जीवन साथीमा कस्तो गुण हुनुपर्छ ?
   म ४० प्रतिशत सम्झौता गर्न  तयार छु । आफ्नो खुट्टामा उभिएको र मलाई बुझने हुनैपर्छ । 

कार्यक्रमहरुमा बोलाउदा कतिको समयमा पुग्नु हुन्छ ?
   हा हा हा ...मेरो कमजोरी भनेको समयमा नपुग्ने हो ।

तपाईको मन पर्ने गायिका ?
   अन्जु पन्त र  रेश्मा सुनवार ।

मेकअप कतिको गर्नुहुन्छ ?
   मेकअप धेरै नै गर्छु तर घरमा हुँदा चाहिँ बिना मेकअप बस्छु । 

स्कुलमा कस्तो स्वभावको हुनु हुन्थ्यो ?
   म एकदमै चञ्चले स्वभावको  थिएँ । घरमा गाली पनि धेरै खाने गर्थे । मेरो केटी भन्दा केटा साथी धेरै थिए । नलजाउने अनि घुम्न मनपराउने स्वभावको थिए । 

 

केटा साथी र केटी साथीमा के फरक पाउनु हुन्छ ?
   म केटा भन्दा केटी साथीसँग धेरै मिल्ने गर्छु  । केटी जतिको बुझने केटा साथी हुदैनन् । 

 

तपाईलाई कस्तो डे«स मनपर्छ ?
   लामो गाउन र सारी मनपर्छ । तर छोटो लुगामा सजिलो र सहज हुन्छ । 


राम्ररी देखेको महसुस कुन पहिरनमा हुन्छ ?
   मलाई मगर डे«समा राम्री देखेको महसुस हुन्छ । मगरको कार्यक्रम र चाडपर्वमा म धेरै जसो म यही पहिरनमा हुन्छु । 


तपाईको विचारमा  कलाकारिता के हो ?
   कला भनेको जन्मदेखि नै लिएर आएको चिज हो । हेरक चिज कला हो । सबैले एउटा क्षमता लिएर आउँछन् त्यो नै कला हो । 


कसरी बितिरहेको तपाईको दिनचर्या ?
   म अलि अल्छी छु । यसले हानी गरेको छ । कार्यक्रम, रेकर्ड, कम्पोजमा नै समय बितिरहेको छ । 


के कुरामा तपाई  ढिला हुनुहुन्छ ?
   ऐना हेर्दै लुगाँ मिलाउछु त्यसैमा नै मेरो समय जान्छ ।  चाँडो गर्ने कोसिस सधै जारी नै छ । तर राजदुतावासको काम टाइम अफ हुने बितिकै सबै अफ हुने भएर त्यसमा समयमा  पुग्छु । 

फ्यानहरुलाई के भन्न चाहानु हुन्छ ?
   डाई हार्ट मन पराउने फ्यान छन् । त्यो देखर चाहिँ खुसी  लाग्छ । 

फ्यानहरु कसरी नजिक हुन्छन् ?
   मेरो फ्यानहरुको कुरा सबैभन्दा धेरै फोनमा हुन्छ । 

फ्यानसँग कतिको कुरा गर्नुहुन्छ ?
  मुडमा भरपर्छ । कहिले रोमान्टिक कुरा पनि गरिरहेको हुन्छु । फोनमा ज्यादै तनाव दिने पनि छन, र पनि रिस रोक्ने कोसिस गर्छु ।