राष्ट्रिय

खुमबहादुर–ज्ञानेन्द्र र बाबुराम मिलेर पार्टी खोले आश्चर्य नमान्नूः शंकर भण्डारी 

_DSC0692_med.jpg

नेपाली कांग्रेसका युवा नेता शंकर भण्डारी कांग्रेस नेता खुमबहादुर खड्का निकट मानिन्छन् । शेरबहादुर देउवा खेमामा रहेको अघिल्लो महाधिवेशनबाट केन्द्रिय सदस्य बनेका भण्डारीसँग हिमालयनन्यूजएक्सप्रेसले समसामयिक विषयमा गरेको कुराकानीको सारसंक्षेपः

आज मात्र राष्ट्रपतिको निर्वाचन भयो । नेपाली कांग्रेसले राष्ट्रपति र उपराष्ट्रपतिमा उम्मेदवारी दिनु उचित थियो ?
नेपाल एउटा लोकतान्त्रिक मुलुक हो, हरेक पार्टीले आफ्नो उम्मेदवार जुनसुकै पदमा दिन मिल्छ । नेपाली कांग्रेस यो देशको सबैभन्दा पुरानो र व्यवस्थापिका संसदमा संख्याको हिसाबले सबैभन्दा ठूलो पार्टी भएकोले दोस्रो पार्टी सत्तामा रहेकाले पहिलो पार्टीलाई राष्ट्रपति दिनुपर्छ भन्ने मान्यता राखेर अगाडि बढ्यो । यसो भइदिएको भए सन्तुलनको हिसाबले पनि बैज्ञानिक देखिने थियो ।

राष्ट्रपतिमा उम्मेदवारी दिनु जायज होला, तर १६ बुँदे भद्र सहमति तोडेर कांग्रेसले प्रधानमन्त्रीमा उम्मेदवारी दिनु चाहिँ कति उचित थियो ?
तराईमा आन्दोलनरत मधेसी दलहरुलाई संसदसम्म ल्याउन र सहमतिको बाटोमा पुर्‍याउन हाम्रो पार्टी सभापति सुशील कोइरालाले प्रधानमन्त्री पदमा उम्मेदवारी दिनु भएको हो  । यसमा ठिक र बेठिक भन्ने कुरै भएन । अन्तर्राष्ट्रय शतिmहरुको पनि चलखेल भएको सुनिन्छ । 
मधेसी मोर्चाको आन्दोलानवारे सरकार गम्भीर नभएको आरोप छ नि ?

तपाईको प्रश्नमै उतर लुकेको छ । सरकार वास्तवमा त्यति गम्भिर देखिएको छैन, जति हुनु पर्ने हो । केपी ओली प्रधानमन्त्रीमा चयन भएपछि  भारतद्धारा लगाइएको अघोषित नाकाबन्दी हट्ने कुरामा सबै नेपाली आशावादी थिएँ । तर स्थिति झन नाजुक हुँदै गइरहेको छ । मधेस आन्दोलनलाई भारतले मलजल गरिरहेको कुरा छर्लङग भएको छ । 

भारतद्वारा नेपालमाथी लगाएको नाकाबन्दी  कसरी हटाउन सकिन्छ ?
नेपाल सरकारले तत्कालै कुटनीतिक कदम चालेर देशलाई निकास दिनु पर्छ र जनतालाई यो समस्याबाट छुटकारा दिलाउनु पर्छ । 

अब कांग्रेसको राजनीतितिर लागौं– १३औं महाधिवेशन नजिकिएको छ, के छ योजना ?
महाधिवेशनको तयारीसँगै कांग्रेसको विधान संशोधनको प्रयास भइरहेको छ । पदाधिकारीहरु थप्ने कुरा आइरहेको छ । म अहिले केन्द्रिय सदस्य रहेको नाताले विधान संशोधनसँगै कुन भूमिका खोज्ने भन्ने तय हुन्छ ।

तपाई कांग्रेमा शेरबहादुर देउवा खेमामा हुनुहुन्छ होइन ? 
पार्टीको १२औं महाधिवेशनमा मैले देउवा पक्षबाट उमेदवारी दिएको हुँ । त्यसैको आधारमा देउवा नै हुनुपर्छ भन्ने मेरो धारणा छैन ।

अबको महाधिवेशनबाट देउवा सभापति हुने सम्भावना छ त ?
विशेष गरी मेरो जोड कांग्रेसको अहिलेको नेतृत्वको कार्यशैली परिवर्तनमा रही आएको छ । त्यसकारण जो सभापति भए पनि योग्यता देखाउनु पर्छ भन्ने मेरो मान्यता हो ।

तपाई केन्द्रिय सदस्य हुँदा के महसुस गर्नुभयो त ?
म १२औं महाधिवेशनमा २५ जना खुल्ला सदस्यभित्रै परेर जितें । साथीहरुले विश्वास गर्नुभयो, जबकी त्यति बेला मेरो मनमा विगतमा राम्रो गरे कि नराम्रो के गरे भनेर डर थियो । यद्यपी कांग्रेसको १२औं  अधिवेशनमा सबैभन्दा कमजोर युवा देखिए । १३औं महाधिवेशनमा यी कुराहरुको समीक्षा हुनुपर्छ ।

तपाईले तनहुँ जिल्लामा ठूलाठूला नेता हुँदा पनि संविधान सभाको निर्वाचनमा टिकट पाउनु भयो र जित्नु पनि भयो । के ठान्नुहुन्छ ? 
भाग्यकै कारणले होला तनहँु जस्तो कांग्रेसका वरिष्ठ नेताहरु रहेको जिल्लामा चुनाव लड्न उम्मेदवार बन्ने मौका पाएँ, जनताले विश्वास गरेर जिताए । म कृतज्ञ छु ।

तपाईको नाम पूर्व गृहमन्त्री तथा पार्टीका पूर्व महामन्त्री खुमबहादुर खडकासित खुबै जोडने गरिन्छ, कारण के होला ?
विद्यार्थीकालदेखि नै म उहाँबाट अति प्रभावित रहें । म त्रिचन्द्र क्याम्पसको स्ववियू सभापति रहेको बेला पहिलो पटक भेट्दा उहाँ निर्माण तथा यातायत मन्त्री हुनुहुन्थ्यो । नेपालको राजनीतिमा उहाँको उल्लेखनीय  भूमिका छ । यदि जीवनमा उहाँ एक्लैले मात्र पनि केही गर्न खोज्नु भयो भने दोस्रो व्यतिmको रुपमा म उहाँसँग काँध मिलाएर हिड्न तयार छु । 

दिल्लीमा उपचार गराईराख्नु भएको नेता खडका, पूर्व(राजा ज्ञानेन्द्र शाह र डा।वावुराम भटराइ मिलेर नया पार्टी बनाउन लागेका छन् रे, के भन्नु हुन्छ ?
मैले पनि यो कुरा सुनेको हुँ । तर सत–प्रतिशत विश्वास लागेको छैन । यो गठबन्धन सम्भव छैन । तर भइहाले कुनै आश्चर्य मान्नु पर्दैन ।

उसो भए अब खड्का पनि पार्टीबाट बाहिरिने सम्भावना देखियो, अब कांग्रेस पार्टीको भविष्य कस्तो देख्नु हुन्छ ?
कांग्रेस पार्टीको भविष्य अझ उज्वल देखिरहेको छु । राणकालदेखी पञचायती व्यवस्थासम्म धेरै उतारचढावको बाबजुद कांग्रेसले कहिल्यै खुट्टा कमाएन, माओवादी जस्तो हिंसात्मक आन्दोलन गरिरहेको माओवादीलाई समेत मूल धारको राजनीतिमा ल्याइदियो ।

अन्त्यमा अब मनोरञ्जन सम्बन्धि प्रश्न– तपाईंलाई कुन कलाकार मनपर्छ ?
मलाई कला क्षेत्रमा खासै चासो छैन । तर, नामै लिनु पर्दा बलिउडका महानायक अमिताब बच्चनको फ्यान हुँ ।