राष्ट्रिय

थारु महिलाले जितिया पर्व मनाए

dfgsdg_med.JPG

काठमाडौँ ,असोज १९: थारु समुदायका महिलाले र थारु महिल सभाले मिलेर सोमबार राजधानीको जमलस्थित नाचघरमा विशेष साँस्कृतिक विशेष कार्यक्रम गरेर जितिया पर्व मनाए । आक्षीन कृष्णपक्षको समय देखी सुरु हुने नवमीसम्म मनाउने गरिन्छ ।  विभिन्न थारुको भेषभुषा ,पहिरन र नाचगान देखाइएको थियो ।  राजधानीमा बस्ने धेरै थारु महिलाहरु कार्यक्रम भेला भएका थिए । जितिया पर्वको उप्रधान तथा गृहमन्त्री विजयकुमा गच्छदारल पनि सहभागि थिए । 

सन्तानको दीघार्यू र सुस्वास्थको कामना तथा शिशुलाई मुत्युबाट जोगाउन यो परम्परा मनाउजे चलन रहिआएको छ । जितिया पर्वको अघिको दिन नजिकको इनार, जलासयमा स्नान गरेर यसको सुरुवात गर्ने गर्दछन् । यो दिन उनीहरु जितमहानको कथा सुन्ने गर्दछन् ।