जीवन शैली

ट्याटु हान्नू, रोग चाहिँ ननिम्त्याउनू 

_MG_0249_med.JPG

ट्याटु हान्नू, रोग चाहिँ ननिम्त्याउनू 
आजकाल शहर बजारमा युवा–युवतीले ट्याटुको खुबै प्रयोग गर्ने गर्दछन् । शरीरमा थरीथरीका कलाकृति कुँदाउने कला हो, ट्याटु । विगतमा ट्याटुको प्रयोग गर्नेहरुलाई समाजले पचाउन गाह्रो मान्थ्यो, अब यो जीवनशैलीको रुपमा बदलिएको छ ।  ट्याटुलाई अब कला र सांस्कृतिक चिन्हको रुपमा लिन थालेकाले यो फेसनकै रुपमा अगाडि आएको छ । युवा पुस्तामा लोकप्रिय ट्याटु भर्ने नेपालका धेरै मानिसमध्ये एक हुनुहुन्छ, रक्षा गुरुङ ।  कास्की जिल्लाको घान्द्रुकमा जन्मे हुर्केकी गुरुङ अविवाहित हुनुहुन्छ । आमा, बाबा र भाईसँगै बस्दै आउन भएकी गुरुङलाई पर्यटकीय नगर पोखरामा भेटेर यो व्यवसायबारे गरिएको कुराकानीको सारसंक्षेपः 

के मा ब्यस्त हुनु हुन्छ ?
ट्याटु गर्न मै व्यस्त छु । काठमाण्र्डौँमा ट्याटु इभेन्टमा भाग लिएर पोखरा फर्केको छु, अनि ग्राहकहरुको कामको लागि तयारी गर्दै छु ।  


तपाईको ट्याटु व्यवसाय कस्तो चल्दै छ  ?
पोखराको सन्दर्भमा ठिकै छ । नेपालमा पनि धेरै विकास हुदै छ र अब मेरो पनि राम्रै छ । यो एउटा पर्यटकीय विभाग हो, देश–विदेशमा मेरै आफ्नो ग्राहकहरु भएकाले मलाई सजिलो छ । 


यो व्यवसायमा कसरी आकर्षित हुनुभयो नि ?
पहिले फाईन आर्ट गर्थे । धेरै वर्ष ग्याप भयो । त्यसपछि म काठमाडौँ गए । घरमै ट्याटु बनाउने साथी भेट भयो । अनि बिस्तारै मैले पनि ट्याटु गर्नुपर्छ भन्ने सोचें । विस्तारै पोखरामा ट्याटु पसल खोलेको हुँ ।


ट्याटु व्यवसायको भविष्य कस्तो देख्नु भएको छ ?
भविष्य धेरै रम्रो छ । विशेष गरी युरोप, अमेरिका र नेपालमा पनि मान्छेहरुले बुझ्न थालेका छन् यसको महत्व ।


ट्याटुप्रति मान्छेहरु कतिको आकर्षित देखिन्छन ?
पहिला भन्दा आकर्षण बढेको छ । पहिला ट्याट्टु चित्रकारलाई भेट्न अपोइन्टमेन्ट लिनुपथ्र्याे । तर अहिले धेरै ट्याट्टु चित्रकारहरु छन् । क्रेज पनि बढ्दै गएको छ , जीवन शैलीका रुपमा लिन थालिएको छ ।


नेपालमा कति मान्छेहरु यो पेशामा आवद्ध भएको होलान् ?
पुरै नेपालमा ठ्याक्कै त थाहा छैन, पोखरामा चाहिँ धेरै छ अर्थात व्यवसायिक रुपमा आठ दश जना छन् । बुटवल, हेटौडा र धरानमा पनि यही हाराहारीमा छन् । काठमाण्डौँमा अलि बढी नै छन् ।


ट्याटु भनेको के हो ?
ट्याटु भनेको एउटा कला हो । अहिले चाहिँ जीवन शैलीको रुपमा युवाबीच फेसन नै छ ।

 
सेलिब्रेटीहरुले पनि ट्याटु हान्न आउछन् कि ?
रकस्टार र मुभिस्टार आउँनु हुन्छ । 


ट्याटु हान्दा छाला सम्बन्धी क्यान्सर हुन्छ भनिन्छ नी ?
यो एउटा हाइजेनिक कुरा हो । निडल्स् र छालाको कुरा हो । ख्याल पनि गर्नुपर्छ । ख्याल भएन भने रोग लाग्न पनि सक्छ ।


ट्याटुको रेट के कति हुन्छ ?
रेट नै हुदैन । यसको आफ्नै किसिमको महत्व छ ।


अहिलेसम्ममा यो पेशाबाट तपाई कति राष्ट्र घुम्न जानुभयो ?
थाईल्याण्ड, जर्मन, ईटाली र इन्डिया गएको छु ।


यो क्षेत्रमा लागेको कति वर्ष भयो ?
व्यवसायिक रुपमा सन् २०१३ बाट लागेकी हुँ ।


तपाईको रुची चाहिँ के मा छ ?
आर्ट नै हो मेरो रुची ।