राष्ट्रिय

दुर्घटनामा जिसस सदस्यको मृत्यु

death14_med.jpg

नवलपरासी :

पूर्वी नवलपरासीमा जिल्ला समन्वय समितिका सदस्यको सडक दुर्घटनामा बुधबार राति मृत्यु भएको छ ।

 मध्यबिन्दु नगरपालिका–१५ का मकरध्वज गुरुङ आफैले चलाएको लु ४५ प १२५ नम्बरको मोटरसाइकलले बाटोमा रोकिराखेको एक ट्याक्टरलाई ठक्कर दिदाँ गम्भिर घाइते भएका थिए। उनको उपचारकाक्रममा मृत्यु भएको हो।

 

४५ वर्षीय गुरुङ चोरमाराबाट कावासोतीतर्फ जाँदै गर्दा दुर्घटनामा परेको उनका आफन्तको भनाई छ। उनी स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट वडा सदस्य बिजयी भएर जिल्ला समन्वय समितिमा निर्वाचित भएका थिए।

 

प्रकाशित मिति : २०७५ जेठ ३ गते ७ ४६