मनोरञ्जन

रुपा बनिन् टिचर आइकन

rupa_med.jpg

काठमाडौं :

‘टिचर आइकन अफ द इयर २०१८’को उपाधि रुपा लामाले जितेकी छिन् । उनले वेष्ट डिसीप्लेन उपाधि सहित शिर्ष ताज जितेकी हुन् । 

एएनपी मिडिया हाउसद्धारा राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित प्रतियोगतिाको अन्तिम स्पर्धामा काजोल खेतान बेष्ट स्माइल र मष्ट डिजर्भिङ्गका साथ फस्ट रनर्सअप, प्रेरणा अधिकारी मष्ट क्रियटिभका साथ सेकेण्ड रनर्सअप तथा होलिना सापकोटा मष्ट फोटोजेनिकका साथ थर्ड रनर्सअप भए ।

विभिन्न मनोरञ्जक प्रस्तुतिका साथ सम्पन्न प्रतियोगितामा रष्मी तण्डुकार मष्ट पपुलर, सुबिता कपाली मष्ट ट्यालेण्ट, सुमित्रा श्रेष्ठ मष्ट क्याटवाक र बेष्ट हेयर, बिनीता कपाली बेष्ट स्कीन, सुशिला मानन्धर मष्ट पंचुयल, समिका सहानी वेष्ट पर्सनालिटी, सनीका श्रेष्ठ मष्ट एक्टीभ र फेसबुक च्वाईस, श्रृजना श्रेष्ठ मष्ट ब्युटिफुल, सपना खतिवडा मष्ट पर्पेmक्ट र लक्ष्मीदेवी महर्जन मष्ट पोजिटिभ एटिट्युड चुनिएका छन् । 
अश्विनी झाको कोरियोग्राफी र कार्यक्रम सञ्चालनमा भएको प्रतियोगितामा हिसानका अध्यक्ष तथा गोल्डेन गेट ईन्टरनेशनलका सिईओ रमेश सिलवाल, नायिका खुश्वु खड्का, मिसेस नेपाल ईन्टरनेशनल सुरुची पाण्डे, पत्रकार सुर्य चन्द र संगीतकार सरोज प्याकुरेल निर्णायक रहेका थिए । 

प्रकाशित मिति : २०७४ चैत १४ गते २ : ५