राष्ट्रिय

प्रदेश पाँचमा मुख्यमन्त्रीको नियुक्ति र सभामुख चयन आज

Shankar-Pokharel-and-Purna-Gharti-Prov-5_med.jpg

 बुटवल :

प्रदेश ५ को मुख्यमन्त्री नियुक्ति र सभामुखको चयन बुधबार हुँदैछ । मुख्यमन्त्री एमाले सांसद शंकर पोखरेल र सभामुख माओवादीका पुर्ण घर्ती हुनेछन् ।

पोखरेललाई मुख्यमन्त्री बनाउन एमाले र माओवादीले यसअघि नै प्रदेश प्रमुख उमाकान्त झालाई पत्र बुझाइसकेका छन् । झाले बुधबार पोखरेललाई नियुक्त गर्ने तयारी गरेका छन् । पोखरेलको सपथ भने बिहीबार हुनेछ ।

बिहीबार नै सानो आकारको मन्त्रिपरिषद गठन हुनेछ । बिहीबार सपथ लिने मन्त्रीमा एमालेका बैजनाथ चौधरी र माओवादीका कृष्णध्वज खड्काको सम्भावना रहेको स्रोतले बतायो ।

सभामुखमा माओवादी सांसद पूर्ण घर्तीको मात्र उम्मेदवारी परेकाले उनी निर्विरोध निर्वाचित हुनेछन् । त्यसका लागि बुधबार दिउँसो १ बजे प्रदेश संसदको बैठक बोलाइएको छ ।

बैठकले घर्ती सभामुखमा निर्वाचित भएको घोषणा गरेपछि बुधबारै सपथ ग्रहणको तयारी गरिएको छ । सभामुखको सपथ ग्रहण समारोह पाँच बजे राखिएको छ ।

प्रकाशित मिति : २०७४ फागुन २ गते ११ : ८