राष्ट्रिय

सिंचाइ मन्त्रालयका सचिवसहित ३ जना त्रिशूलीमा वेपत्ता

Accident3_med.jpg

धादिङ : कपिलवस्तुबाट काठमाडौंं जाँदै गरेको बा १ झ ३१४० नम्बरको सरकारी गाडी धादिङको सलाङघाटमा दुर्घटना हुँदा त्रिशुली नदीमा बेवत्ता भएको छ । सिचाइ मन्त्रालयका सचिब रामानन्द यादब सहिततीनजना चढेको गाडी सडकछेउको पर्खाल भत्काएर त्रिशुली नदीमा वेपत्ता भएका हुन् ।

बेपत्ता हुनेहरुमा रामानन्दको छोरा सन्तोष यादब, नाम नखुलेकी एक किशोरी रहेका छन् । चालक निरन्जन यादव अधिकारीकोको घाइते अबस्थामा उद्दार गरी थप उपचारको लागि ट्रमा सेन्टर रिफर गरिएको छ । उद्वार कार्य जारी रहेको छ । कपिलवस्तुस्थित घरबाट बा २ झ ३१४० नम्बरको गाडीमा काठमाडौं आउँदै गर्दा शनिबार बिहान ३ बजेतिर दुर्घटना भएको हो ।

दुर्घटनामा सचिव यादवसहित उनका छोरा सन्तोष र साथीको छोरी वेपत्ता भएको धादिङका प्रमुख जिल्ला अधिकारी श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

चालक घाइते छन् । उनी दुर्घटनास्थलबाट आफै बाहिर आएपछि प्रहरीहरुले उद्धार गरेका थिए । उनलाई उपचारका लागि ट्रमा सेन्टर काठमाडौं पठाइएको प्रजिअ भण्डारीले जानकारी दिए । वेपत्ता भएका सचिव यादव लगायतको खोजी जारी रहेको भण्डारीले बताए ।

०७४ माघ २७ गते ७:२९ मा प्रकाशित