व्यवसाय

अजेय सुमार्गीको नेपाल राष्ट्र बैंकले रोक्का गरेको ४ अर्ब रुपैयाँ निकासाको बाटो खुल्यो

ajaya-sumargi_med.jpg

प्रकाशित मिति: २३ माघ २०७४, मंगलवार

ब्यापारी अजेयराज सुमार्गीको नेपाल राष्ट्र बैंकले रोक्का गरिदिएको ४ अर्ब रुपैयाँ निकासा गर्ने बाटो खुलेको छ । सर्वोच्च अदालतको मंगलबारको आदेशसँगै राष्ट्र बैंकले रोक्का गरेको करिब ४ अर्ब रुपैयाँ व्यवसायी सुमार्गीले निकासा गर्न पाउने भएका हुन् । नेपाल स्याटलाइट टेलिकम कम्पनी प्रालिको तर्फबाट सुमार्गी र सुवासचन्द्र पौडेलले राष्ट्र बैंकले रोकेको रकम निकासा माग गर्दै आइतवार रिट दर्ता गराएका थिए ।

न्यायाधीस तेजबहादुर केसीको एकल इजलासमा जारी बहसमा सुमार्गीको तर्फबाट बार एसोसिएसनका अध्यक्ष शेरबहादुर केसी, बरिष्ट अधिवक्ताहरु रामनारायण बिणारी, हरी फुँयाल र राधवलाल वैधले बहस गरेका हुन् ।