राष्ट्रिय

प्रदेश प्रमुख र अस्थायी केन्द्र तोक्न सरकार असफल

ofc5_med.jpg

काठमाडौं :

सरकारले सर्वाधिक चर्चाको रुपमा रहेको प्रदेश प्रमुख र प्रदेश अस्थायी केन्द्र तोक्न सकेन। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख र अस्थायी केन्द्र तोक्ने तयारी गरेपनि निर्णय गर्न नसकेको हो।

आज बसेको मन्त्रिपरिषद् बैठकले कर्मचारी स्वच्छिक अवकाश प्याकेजको घोषणा गरेको महिला बालबालिका तथा समाजकल्याण मन्त्री विक्रमबहादुर थापाले जानकारी दिए। जसअनुसार सरकारले आजैदेखि कर्मचारी स्वच्छिक अवकासको प्रक्रिया थाल्ने छ। यसका लागि सामान्य प्रसाशन मन्त्रालयले स्वच्छिक अवकाससम्बन्धी सूचना राजपत्रमा आजै प्रकाशन गर्ने तयारी गरिएको सामान्य प्रशासन मन्त्रालयले जानाएको छ।

प्रशाशित मिति : २०७४ पुस २८ गते ११ : २७