राष्ट्रिय

बाम गठबन्धनको कार्यादल बैठक बस्दै

bam_med.jpg

काठमाण्डौँ :

बाम गठबन्धनको संयुक्त कार्यदलको बैठक आज बस्दैछ । बिहान ११ बजे सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा बस्ने बैठकमा राष्ट्रिय सभाका साझा उम्मेदवार र प्रदेश सरकारको प्रारम्भिक खाका लगायतका बिषयमा छलफल  हुने कार्यदल सदस्य एवं एमाले नेता सुवास नेम्वाङले जानकारी दिनुभयो ।

दुबै दलको कार्यदलले हिजो आ–आफ्नो दलमा आन्तरिक छलफल गरेको थियो ।  कार्यदलमा एमालेबाट नेम्वाङ सहित शंकर पोखरेल र सुरेन्द्र पाण्डे तथा माओवादी केन्द्रबाट रामवहादुर थापा, वर्षमान पुन र मातृका यादव सदस्य रहेका छन् । कार्यदलले सहमती जुटाएका बिषय एकता संयोजन समितिमा वुझाउने छ । पार्टी एकता प्रक्रियालाई अन्तिम चरणमा पुर्‍याएको दाबी गर्दै आएको बाम गठबन्धनले नयाँ सरकार गठनअघि नै पार्टी एकता पक्रियालाई पनि टुंगोमा पुर्याउने तयारी गरेका छन् ।  
 

प्रशाशित मिति : २०७४ पुस २८ गते ९ : ४७