राष्ट्रिय

माओवादी मन्त्रीहरुले सरकार छाड्दै

maoist7_med.jpg

काठमाण्डौँ :

झण्डै तीन महिनादेखि विना विभागीय भूमिकामा रहेका माओवादी केन्द्रका मन्त्रीहरुले आज औपचारिक रुपमा सरकार छोड्ने भएका छन् । हिजै सरकार छाड्ने तयारी गरेपनि राष्ट्रिय एकता दिवसको सार्वजनिक बिदा परेकाले केन्द्रले आजबाट सरकार छोड्न लागेको हो । पार्टीले सरकार छाड्ने निर्णय गरेको औपचारिक पत्र सरकारमा पार्टीको नेतृत्व गरी गएका विना विभागीय मन्त्री कृष्ण बहादुर महराले आज प्रधानमन्त्री शेर बहादुर देउवालाई बुझाउने प्रवक्ता पम्फा भुषालले जानकारी दिनुभयो ।

एमालेसँग एकता प्रक्रियामा रहेको माओवादी केन्द्रले अब सरकारमा बस्नुको आवश्यकता नरहेको निष्कर्ष निकाल्दै सरकार छोड्ने निष्कर्ष निकालेको थियो । सत्तामा भएकै बखत प्रतिपक्षी एमालेसँग गठबन्धन गरेपछि प्रधानमन्त्री देउवाले असोजको अन्तिम साता केन्द्रका तर्फबाट सरकारमा सहभागी ९ मन्त्री र ८ राज्यमन्त्रीलाई बिना बिभागीय बनाउनु भएको थियो ।  
 

प्रशाशित मिति : २०७४ पुस २८ गते ९ : २७